काेराेना महामारीकाे बिचमा मेक्सिकाेका पत्रकारहरूले सन् २०२० अप्रिल १६ मा जेनरल बलब्युना अस्पतालका कर्मचारीहरूले गरेकाे आन्दाेलनकाे रिपाेर्टिङ व्यक्तिगत सुरक्षा पहिरन पीपीइ लगाएरै गरेका थिए। (AFP/Pedro Pardo)

सीपीजे सुरक्षा निर्देशिका – कोरोनाभाइरस महामारीमा रिपोर्टिङ

अद्यावधि गरिएको : मे २०, २०२०

 विश्व स्वास्थ्य संगठनले कोभिड-१९ (नोवेल कोरोना भाइरस) लाई मार्च-११, २०२० मा विश्वव्यापी महामारी घोषणा गर्यो । । विश्व स्वास्थ्य संगठनले संसारभरि नै नयाँ संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको बताएको छ । यद्यपि  द गार्जियनका अनुसार कतिपय देशहरुमा भने संक्रमितको प्रतिशत घटेसँगै लकडाउन पनि खुकुलो बनाइएको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ (नोवेल कोरोना भाइरस) लाई मार्च-११, २०२० मा विश्वव्यापी महामारी घोषणा गर्यो र विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित हुनेको संख्या विश्वभर दिनदिनै बढ्दै छ।  यस महामारीबारे सुरक्षित र भरपर्दो सूचना र विकसित घटनाक्रमको जानकारी जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरबाट लिन सकिन्छ।

सिपिजेका अनुसार विभिन्न देशमा त्यहाँका सरकारी अधिकारीहरूले स्वतन्त्र पत्रकारिता र सूचनाको पहुँचमा अवराेध खडा गर्न खाेजेपनि संसारभरका पत्रकारहरुले भाइरस, यसकाे महामारी र यसविरुद्ध लड्न गरिएका सरकारी प्रयासबारे आम मानिसलाई निरन्तर सूचना दिएर महत्वपूर्ण भूमिका खेलिरहेका छन् सिपिजेले पत्रकारहरुसँग गरेको अन्तर्वार्ताका अनुसार, संचार क्षेत्रमा काम गर्नेहरुले अत्यधिक तनाव र दबाबको सामना गर्नुपरेकाे छ । यसका अलावा यात्रा गर्दा हाेस् अथवा अन्तर्वार्ता लिँदा अथवा विभिन्न ठाउँ पुग्दा प्राय संक्रमणकाे जोखिममा उनीहरू हुन्छन् नै। सीपीजेका हालैकाे अध्ययन अनुसार, कोभीड १९ का कारण पत्रकारहरुले नियन्त्रण (सेन्सरशिप), नजरबन्द, शारिरीक र  अनलाइनमार्फत हुने दुर्व्यवहार समेत खेप्नुपरेकाे छ भने कतिले आफ्नाे कामधाम समेत गुमाएका छन् । 

परिस्थितिहरु बदलिँदै जाँदा र नयाँ सूचनाहरु आइरहँदा, स्वास्थ्य सल्लाह र महामारीका सूचनाहरु सम्बन्धित निकायहरुबाट जारी गरिनेछन् । महामारीको सामग्री तयार पारिरहेका पत्रकारहरुले  ताजा सल्लाह र प्रतिबन्धबारे थाहा पाउन विश्व स्वास्थ्य संगठनले जारी गर्ने सूचना र स्थानिय जनस्वास्थ्य निकायलाई पछ्याउनु होला । 

यस महामारीबारे सुरक्षित र भरपर्दो सूचना र विकसित घटनाक्रमको जानकारी जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरबाट लिन सकिन्छ । 

फिल्डमा सुरक्षित रहने

संसारभर ब्यापक रुपमा रहेको यात्रा प्रतिबन्धले गर्दा अधिकांश कामहरु तत्कालको लागि स्थानीय रुपमै गर्नु पर्ने देखिन्छ । संसाभर छिटाेछिटो बदलिरहेको परिस्थितिले गर्दा असाइनमेन्टहरु पनि छोटो सूचना दिएर अथवा बिना सूचना नै रद्द हुने अथवा परिवर्तन हुने देखिन्छ । 

कोभिड-१९ महामारीको रिपोर्टिङ गर्न योजना बनाउनेहरुले निम्नलिखित सुरक्षा जानकारीहरुमा ध्यान दिनु पर्ला:

  • संक्रमणकाे जोखिम कम गर्न सकेसम्म प्रत्यक्ष अन्तर्वार्ता भन्दा फोन वा अनलाइनबाट अन्तर्वार्ता लिनु उपयुक्त हुन्छ ।
  • अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का अनुसार, बुढाबुढी र कमजोर स्वास्थ्य अवस्थामा भएकाहरु संक्रमणकाे उच्च जोखिममा रहन्छन् । यदि तपाईं यस्तै वर्गमा पर्नुहुन्छ भने तपाईंले आम मानिससँग सिधा सम्पर्कमा आउने खाले कुनै पनि असाइनमेन्ट गर्नु हुँदैन । गर्भवती कर्मचारीका विषयमा पनि विचार पुर्याउनु पर्छ । 
  • संयृक्त राष्ट्रसंघीय सचिवालय र ह्युमन राइट्स वाचमा उल्लेख भए अनुसार   कोभिड १९ महामारीको रिपोर्टिङ गर्ने पत्रकार छनोट गर्दा कतिपय देशका नागरिकमाथि भइरहेका जातीय हमलाहरूबारे पनि व्यवस्थापनले विचार पुर्याउनु पर्छ।
  • बिजनेस इनसाइडरका अनुसार भर्खरैमात्र लकडाउन हटाएका केही देशहरुले फेरि लकडाउन थपेकाे पाइएकाे छ।  त्यसैले यस्ताे अवस्थामा काम गर्दा गर्दै तपाईं बिरामी पर्नुभयाे भने तपाईंको व्यवस्थापन टोलीसँग तपाईंलाई सहयोग गर्न के कस्ता योजना छन् भनेर पहिले नै छलफल गर्नुपर्छ । साथै तपाईं आइसोलेसन, क्वारेन्टिन वा लकडाउन भएकाे ठाउँमा लामाे समय बस्नुपर्ने सम्भावना हुनसक्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवस्थापनसँग साेही अनुरूप कुरा गर्नुपर्छ। 

असाइनमेन्ट पहिले

  • संक्रमणकाे जोखिम कम गर्न सकेसम्म प्रत्यक्ष अन्तर्वार्ता भन्दा फोन वा अनलाइनबाट अन्तर्वार्ता लिनु उपयुक्त हुन्छ ।
  • अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का अनुसार, बुढाबुढी र कमजोर स्वास्थ्य अवस्थामा भएकाहरु संक्रमणकाे उच्च जोखिममा रहन्छन् । यदि तपाईं यस्तै वर्गमा पर्नुहुन्छ भने तपाईंले आम मानिससँग सिधा सम्पर्कमा आउने खाले कुनै पनि असाइनमेन्ट गर्नु हुँदैन । गर्भवती कर्मचारीका विषयमा पनि विचार पुर्याउनु पर्छ । 
  • संयृक्त राष्ट्रसंघीय सचिवालय र ह्युमन राइट्स वाचमा उल्लेख भए अनुसार   कोभिड १९ महामारीको रिपोर्टिङ गर्ने पत्रकार छनोट गर्दा कतिपय देशका नागरिकमाथि भइरहेका जातीय हमलाहरूबारे पनि व्यवस्थापनले विचार पुर्याउनु पर्छ।
  • बिजनेस इनसाइडरका अनुसार भर्खरैमात्र लकडाउन हटाएका केही देशहरुले फेरि लकडाउन थपेकाे पाइएकाे छ।  त्यसैले यस्ताे अवस्थामा काम गर्दा गर्दै तपाईं बिरामी पर्नुभयाे भने तपाईंको व्यवस्थापन टोलीसँग तपाईंलाई सहयोग गर्न के कस्ता योजना छन् भनेर पहिले नै छलफल गर्नुपर्छ । साथै तपाईं आइसोलेसन, क्वारेन्टिन वा लकडाउन भएकाे ठाउँमा लामाे समय बस्नुपर्ने सम्भावना हुनसक्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवस्थापनसँग साेही अनुरूप कुरा गर्नुपर्छ। 

मनोवैज्ञानिक  स्वास्थ्य

  • एकदमै अनुभवी पत्रकारले पनि काेभिड १९ प्रकाेपकाे समाचार संकलन गर्दा मानसिक तनाबकाे भाेग्न सक्छन्। व्यवस्थापन पक्षले आफ्ना पत्रकारहरु कसरी यो परिस्थितीको सामना गरिरहेका छन् र उनीहरुलाई सल्लाह र सहयोग आवश्यक छ कि भनेर बेला बेलामाा बुझिराख्नुपर्छ।आवश्यक पर्दा सहयाेग गर्नुपर्छ।
  • तपाईंले कोभिड १९ महामारिको रिपोर्टिङ गर्ने योजना बनाउँदा तपाईंका परिवारका सदस्यहरु चिन्तित हुन सक्छन् । सम्भावित जोखिम र उनीहरुका चासोबारे कुराकानी गर्नुहोस् । आवश्यक परेमा तपाईंको संस्थाका स्वास्थ्य सल्लाहकार र परिवारका सदस्यहरु विचमा कुराकानी गराइदिनुहोस् ।
  • पत्रकारहरूले सिपिजेलाई बताए अनुसार काेभिड १९ काे समाचार संकलनका लागि निस्कदा परिवारका सदस्य र साथीभाइहरूले पनि यसकाे जाेखिमलाई लिएर विभिन्न प्रश्न गर्ने र यसलाई नकारात्मक ढंगले लिने गरेकाे बताएका छन्। यसले मन दुखी बनाउन पनि सक्छ। 

कोभिड १९ ले प्रभाव पारेका ठाउँहरु विशेषगरि आइसोलेसन केन्द्र र क्वारेन्टिन जस्ता ठाउँबाट रिपोर्टिङ गर्दा हुन सक्ने मनोवैज्ञानिक असरलाई ध्यानमा राख्नुहोस् । दर्दनाक अवस्थाकाे रिपोर्टिङ गर्दा काम लाग्ने उपयोगी सामग्रीहरु द डार्ट सेन्टर फर जर्नालिजम एण्ड ट्रमामा उपलब्ध छन् । काेभिड १९ काे समाचार संकलन गर्ने पत्रकारहरूले बाहिरी सुरक्षाका  लागि आवश्यक साधन श्राेत र  मानसिक स्वास्थ्यका उत्तम अभ्यासहरुबारे जानकारी लिन सिपिजेकाे आपतकालिन पेज  हेर्नुहाेला।

संक्रमणबाट बच्ने र बचाउने 

धेरै देशहरुले अहिले सामाजिक र शारिरिक दुरीको अभ्यास गरिरहेका छन् । अत्यावश्यक सेवा दिइने स्थल अथवा तल उल्लेख भए जस्ता उच्च जाेखिम हुन सक्ने ठाउँहरुबाट समाचार संकलन गर्नु परेमा त्यहाँ अपनाइएका स्वास्थ्यसुरक्षा सावधानीहरुबारे पूर्व जानकारी लिनुहोस् । कुनै द्विविधा भएमा नजानुहोस् ।

  • कुनै पनि स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने स्थल
  • पाका मानिस राखिने हेरचाह गृह 
  • बिरामी/ बुढाबुढी, स्वास्थ्य समस्या भएका व्यक्ति  वा गर्भवती महिला भएका घर 
  • मुर्दा घर, शब दाह गृह, चिहान वा मृत्यु संस्कार स्थल
  • क्वारेन्टिन, आइसोलेशन वा लकडाउन भएका क्षेत्र 
  • घना बसोवास भएको सहरी बस्ती  (उदाहरणका लागि सुकुम्बासी बस्ती )
  • शरणार्थी शिविर 
  • जेल वा कोभिड १९ संक्रमित भएको हिरासत 

संक्रमणबाट जोगिने उचित सिफरिसहरु:

  • सबैसँग कम्तिमा २ मिटर दुरी कायम राख्नुहोस्।  विशेष गरी खोकी र हाच्छ्युँ जस्ता श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखिएकाहरुसँग विशेष सावधानी अपनाउनु पर्छ। साथै बुढाबुढी अथवा जटिल स्वास्थ्य सम्बन्धि समस्या भएकाहरू, संक्रमणकाे लक्षण देखिएका व्यक्तिहरूसँग नजिक भएकाहरू, कोभिड १९ संक्रमितकाे उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू र उच्च जोखिम क्षेत्रमा काम गर्नेहरुसँग कुराकानी गर्दा सतर्क रहनुहोस् ।
  • कसैसँग पनि हात नमिलाउनुस् । अंगालाे मार्ने वा चुम्बन गर्ने नगर्नुस् । 
  • अन्तर्वार्ता लिँदा आमुन्ने सामुन्ने बसेर लिनुभन्दा अलिक  पर वा छड्के बसेर लिने प्रयास गर्नुस् । सिफारिस गरिएको दुई मिटर वा त्याे भन्दा ज्यादा दूरी भने सधैँ कायम राख्नुहोस् ।
  • तातो पानी र साबुन प्रयोग गरेर कम्तिमा २० सेकेन्ड नियमित रूपमा, राम्रोसँग हात धुनुहोस्। हात सही तरिकाले सुख्खा गर्नुहोस् ।  हात धुने र सुख्खा बनाउने तरिकाबारे उपयोगी गाइड डब्लुएचओकाे वेबसाइटमा पाउन सकिन्छ
  • यदि तातो पानी र साबुन उपलब्ध छैन भने एन्टि-ब्याक्टेरियल जेल वा वाइप्स प्रयोग गर्नुहोस् । तर सम्भव हुने बित्तिकै फेरि तातो पानी र साबुनले हात धुनुहोस्। (CDC ले ६०% ethanol वा ७०% isopropanol भएकाे अलकाेहलयुक्त ह्यान्ड सेनिटाइजरको उपयोग सिफारिश गर्दछ।) नियमित रूपमा हात धुने बानीलाई ह्याण्ड सय्यानिटाइजर प्रयाेगले विस्थापित नगर्नुहोस्
  • खोक्दा र हाछ्यूँ गर्दा जहिले पनि मुख र नाक छोप्नुहोस्। यदि तपाईंले खोक्दा र हाछ्यूँ गर्दा टिस्यू पेपर प्रयाेग गरे त्यसलाई तुरुन्त सुरक्षित र उचित तरिकाले फाेहाेर फाल्ने भाँडाेमा हाल्नुहाेस् र त्यसपछि राम्ररी हात धुनुहोस्।
  • बीबीसीमा देखाइए अनुसार तपाईंको अनुहार, नाक, मुख, कान, इत्यादि नछुनुहोस् ।
  • अरु मान्छेको सम्पर्कमा आएको हुन सक्ने कप, चम्चा जस्ता भाँडाकुँडाहरू प्रयोग नगर्नुहोस् ।
  • कुनै पनि असाइनमेन्ट अगाडि सबै गरगहना र घडि फुकाल्नुहोस् । विभिन्न खाले सतहहरुमा कोभिड १९ भाइरस धेरै समय सम्म बाँच्न सक्छ । 
  • यदि तपाईं चस्मा लगाउनुहुन्छ भने, नियमित रूपमा तातो पानी र साबुनले त्यसलाई सफा गर्नुहोस् ।
  • काम गर्दा हातले आँखा छाेइने सम्भावना हुने र यसले संक्रमणको जाेखिम बढाउने हुँदा सकेसम्म कट्याक्ट लेन्स नलगाउनुस्।
  • सजिलै सफा गर्न सकिने खालकाे लुगा लगाउनुस् । काम सकिएपछि लगाएका लुगाहरु डिटर्जेंट हालेर उच्च तापक्रममा धुनुपर्छ ।
  • काममा हुँदा सम्भव भएसम्म नगद प्रयोग नगर्नुस् र आफ्नो क्रेडिट डेविट कार्ड र पर्सहरु नियमित रुपमा सफा गरे नगरेको ख्याल राख्नुस् । सकेसम्म खल्तीमा हात राख्ने बानी पनि कम गर्नुहोस् ।
  • मानिसहरुसँग सँधै बाहिरी ठाउँमा बसेर अन्तर्वार्ता लिनुहोस् । यदि तपाईंलाई घर भित्र अन्तर्वार्ता लिनु छ भने हावा प्रवाह हुने कुनै ठाउँ छान्नुहोस् ।( उदाहरण: झ्याल ) सानो साँघुरो ठाउँ/कोठामा कुराकानी नगर्नुहोस् ।  
  • यात्रा गर्दा यातायातको साधनलाई विचार गर्नुहोस्। भीडभाड हुने बेलामा सार्वजनिक यातायातमा सकेसम्म यात्रा नगर्नुहोस् र यात्रा सकिएपछि सधैँ हातमा अल्काेहलयुक्त जेल लगाउनुहाेस्।
  • व्यक्तिगत वा संस्थाको सवारीसाधनमा यात्रा गर्दा पनि ख्याल गर्नुहोस् । बीबीसी इन्डियाले हालै जानकारी गराए अनुसार,  सवारी साधन भित्र भएका संक्रमित यात्रीबाट पनि एक अर्कामा भाइरस सर्न सक्छ। यात्रा गर्दा सकेसम्म सवारी साधनभित्र हावा फैलने गरि झ्याल खाेल्नुहाेस् र गाडी भित्रै बस्दा पनि अनुहार ढाक्ने वा मास्क लगाउने गर्नुहाेस्।
  • नियमित आराम गर्नुहाेस् र आफ्नाे थकान र उर्जाकाे बारेमा सावधान हुनुहोस् । थकित मानिसहरुलाई दैनिक सरसफाइमा ध्यान दिन गाह्राे हुन्छ । काम/ कार्यालयपछि र अघि लामाे दुरीमा ड्राइभ गर्नुपनि थकानकाे कारण हुनसक्छ ।
  • प्रभावित क्षेत्र जानु अघि, त्यहाँ रहँदा र त्यस क्षेत्रबाट आइसकेपछि तातो पानी र साबुनले सँधै राम्रोसँग हात धुनुहोला। 
  • यदि तपाइँलाईं ज्वरो वा सास फेर्न गाह्राे हुने लक्षण देखियाे भने कसरी उपचार खोज्ने भन्नेमा सचेत हुनुहोस् ।  धेरैजसो सरकारी स्वास्थ्य निकायहरूले संक्रमण रोक्नको लागि सेल्फ क्वारेन्टिन सिफारिस गरेका छन् । यदि तपाईं अत्यधिक संक्रमित क्षेत्रमा हुनुहुन्छ भने अन्य कोभिड १९ संक्रमित बिरामीहरू उपचार केन्द्रमा भेटिनेछन् जसले गर्दा तपाईलाईं पनि सर्ने सम्भावना बढ्न सक्छ ।
  • पकाएको मासु र अण्डा मात्र खानुहाेस् ।

उपकरण सुरक्षा

फोहोर सामग्री/ साधनबाट कोभिड १९ सर्न सक्ने सम्भावना भएकाे कुरा साँचो हो । प्रयाेग गरिएकाे सामग्रीलाई हरेक पल्ट  सफा गरेर किटाणु मुक्त बनाउनु अनिवार्य हुन्छः

  • क्लिप माइकको सट्टा सुरक्षित दूरीबाट पनि टिप्ने दिशात्मक ‘फिशपोल’ माइक्रोफोन प्रयोग गर्नुहोस् ।
  • फ्नाे जिम्माकाे काम सकिएपछि माइक्रोफोनका कभरहरू किटाणुमुक्त राख्नुपर्छ र डिटर्जेन्टकाे प्रयाेग गरेर उच्च तापक्रममा धुनुपर्छ।  कुनै प्रकारकाे सम्भावित संक्रमण र प्रदुषित हुनबाट रोक्न कभर सुरक्षित तरिकाले हटाउने विधि जान्नुपर्छ। धुन गाह्राे हुने खालकाे ‘wind muff’  जस्ता कभरकाे प्रयोग सकेसम्म नगर्नुहोस् । 
  • विशेषगरि अतिथिका लागि एकफेर प्रयाेग गरेपछि फ्याँक्न मिल्ने अलि सस्ताे खालकाे इयरफाेन प्रयाेग गर्नु राम्राे हुन्छ। इयरफोन प्रयोग गर्नुभन्दा अघि र प्रयोग गरिसकेपछि राम्रोसँग सफा गरेर किटाँणु मुक्त बनाउनुपर्छ ।
  • सुरक्षित दुरी कायम राख्नकालागि टाढा सम्म खिच्न मिल्ने लेन्सकाे प्रयोग गर्नुहोस् ।  
  • सम्भव भए सम्म तार प्रयाेग गर्न नपर्ने छरिता साधनकाे प्रयोग गर्नुहोस् ।
  • काममा भएका बेलामा आफ्ना उपकरणहरु  कसरी राख्ने भनेर पहिले नै विचार गर्नुहाेस् । कुनैपनि सामान जथाभावी यत्रतत्र नराख्नुस् । सबै सामानहरूलाई त्यसकाे बक्सभित्र राखेर बन्द गर्नुस् ( उदाहरणका लागि सजिलै सफा गर्न र पुछ्न सकिने कडा खाेल भएकाे बक्सकाे प्रयाेग गर्नुहाेस्।)
  • सम्भव र व्यवहारिक भएसम्म,  उपकरण प्रयाेग गर्दा त्यसको वरिपरि प्लास्टिकले ढाक्नहुाेस् अथवा कुनै प्रकारले त्यसलाई सुरक्षित बनाउनुहाेस्। यसले उपकरणहरूको सतहलाई दूषित हुनबाट जाेगाउन सक्छ र  उपकरणहरु सफा र किटाणुरहित गर्न सजिलो पर्छ ।
  • पूरै चार्ज गरिएका थप ब्याट्रीहरू पनि बाेक्नुहाेस्। काम गर्ने ठाउँमा गएर केही पनि चार्ज नगर्नुहाेस्। फेरि ती सामानमा पनि कीटाणु बस्ने सम्भावना हुनसक्छ।
  • सेलफोन, ट्याबलेट, सिसा, प्लग, ईयरफोन, ल्यापटप, हार्ड ड्राइभ, क्यामेरा, प्रेस पास जस्ता सबै सामानहरु एन्टिमाइक्रोबायल वाइपहरूले सफा गरेर तिनलाई किटाणुमुक्त गर्नुहाेस् ।
  • काम सकिएपछि सबै उपकरणहरू पुन: सफा गरेर किटाणु हटाइएको छ भन्नेमा ढुक्क हुनुहोस् । साथै विभिन्न उपकरणहरूको लागि जिम्मेवार व्यक्तिहरू पनि पूर्ण रूपले सचेत छन् र उनीहरूले प्रयोग गरेका उपकरणहरूलाई सुरक्षित रूपमा कसरी सफा गर्ने भनेर उनीहरूलाई प्रशिक्षण दिइएको छ। साथै उपकरणकाे रेखदेख गर्ने जिमेवार व्यक्तिलाई उपकरणहरु फिर्ता नगरी यसै मिल्काइएको छ कि भनेर पनि ख्याल गर्नुहोस् ।
  • यदि कुनै कमका लागि सवारी साधन प्रयोग गर्दै हुनुहुन्छ भने, याद गर्नुहोस् कि प्रशिक्षित टोलीले त्यो सवारीसाधनकाे भित्री भागसम्म राम्रोसंग सफा गरेको छ  । ढोकाका ह्याण्डल, स्टेरिङ, छेउछाउका ऐना, सीट बेल्ट, ड्यासबोर्ड, र झ्याल खोल्ने बटनहरुमा विशेष ध्यान दिनुपर्छ।

विद्युतीय उपकरणकाे सफाई 

विद्युतीय उपकरणहरू कसरी सफा गर्ने भन्ने सम्बन्धमा केही सामान्य जानकारी निम्न बुँदाहरूमा उल्लेख छ। कम्पनीले उपलब्ध गराएकाे उपकरणसम्बन्धि निर्देशिका पढेर मात्रै सफा गर्ने तयारी गर्नु हाेला। 

  • सधैं फ्ना विद्युतीय उपकरण र तारहरू चार्ज गरेको प्लगबाट निकालेर राख्नुस् ।
  • कुनै प्रकारकाे तरल पदार्थ आफ्नो उपकरणबाट टाढा राख्नुहोस्। एरोसोल स्प्रे र ब्लीचकाे प्रयोग नगर्नुस् । कुनैपनि कडा र खस्रो चीजले उपकरण घोट्ने पनि नगर्नुहोस् । यसले तपाईंको उपकरणलाई क्षति पुर्याउँछ ।
  • तपाईंको उपकरणमा कुनै पनि पदार्थ सिधै स्प्रे नगर्नुहोस् ।
  • खस्रो र घर्षण हुने खालकाे भन्दा नरम र सफा गर्न सजिलो हुने कपडा प्रयोग गर्नुहोस् ।
  • कपडालाई ओसिलो वा चिसाे बनाउनुहोस्। तर धेरै भिजाउने होइन। थोरै साबुन लगाएकाे कपडाकाे प्रयाेग गरेर उपकरण बिस्तारै सफा गर्नुहोस् ।
  • उपकरणलाई पटक पटक राम्ररी सफा गर्नुहोस्
  •  चार्ज गर्ने सकेट, इयरफोन सकेट र किबोर्ड जस्ता सामग्रीमा चिसो/ओेस लाग्न नदिनुहाेस्। 
  • तपाईंको उपकरण नभिजेकाे, सफा र नरम कपडाले सुख्खा बनाउनुहोस् ।
  • कुनै निश्चित उत्पादक/निर्माण कम्पनीहरूले कडा खाले सतह भएका उपकरण सफा गर्न  ७० प्रतिशतसम्म रक्सी मिसावट भएकाे वाइप प्रयाेगकाे सिफारिस गरेका हुन्छन्।  
  • फ्ना उपकरणहरु किटाणुरहित गर्नुभन्दा पहिले उत्पादक/निर्माण कम्पनीसँग बुझ्नुहाेस्। किनकि कतिपय किटाणुनाशक पदार्थले तपाईंका सरसामानहरूलाई नोक्सान गर्न सक्छन् ।

यस विषयमा विस्तृत जानकारी यस लेखबाट प्राप्त गर्न सकिन्छ।  

स्वास्थ्यसम्बन्धि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)

कुनै पनि मेडिकल पीपीई (जस्तै प्रयाेग गरेपछि फ्याँक्न मिल्ने पञ्जा, जुत्ता, अनुहार ढाक्ने मास्क, सुरक्षात्मक एप्राेन /शरिरमै टासिने भित्री लुगाहरु आदि) लाई सुरक्षित रूपमा राख्ने र प्रयाेग गर्ने गर्नुपर्छ।यसका लागि उचित सुरक्षा अभ्यास/नियमहरूको अनिवार्य/कडा रूपमा पालना गर्नुपर्छ । यस सम्बन्धि सिडीसीले उपलब्ध गराएकाे सामान्य निर्देशन/जानकारीका लागि कृपया यहाँ क्लिक गर्नुहोस्।

एकबाट अर्काेमा किटाणु सर्ने जोखिम अत्यधिक छ। त्यसैले प्रस्तुत गरिएका यी उपायहरूमा मात्रै पूर्णरूपमा ढुक्क नहुनुहोस्। यदि कुनै शंका लागेमा, कुनै पनि काममा जानु अघि विशेषज्ञबाट सल्लाह वा परामर्श लिनुहोस् । 

कृपया ध्यान दिनुहाेस् कि धेरै देशहरूमा अझै पनि मेडिकल पीपीईकाे आपूर्ति कम भएकाले जाेहाे गर्न गाह्रो पर्न सक्छ । त्यसैले त्यस्ता उपकरणहरूको प्रयोगले त्यहाँ अभाव पनि सिर्जना गर्न सक्छ।

  • तपाईंले प्रयाेग गरेकाे पीपीई तपाईंको लागि मिल्दाे छ कि छैन पक्का गर्नुहाेस्। शरिरमाा नमिल्ने खालकाे पिपिई भएमा त्याे च्यातिन सक्छ । धेरै कस्सिएर तपाईंलाई हिड्न अप्ठ्याराे हुन सक्छ। अथवा ढाेकाकाे डन्डी वा अन्त कतै च्यापिएर, अल्झिएर, च्यातिन पनि सक्छ।
  • न्यूनतम सुरक्षा विवरणलाई आधार बनाएर गुणस्तरीय ब्रान्ड वा कम्पनीका मेडिकल पीपीईको मात्रै प्रयोग गर्नुहोस्। अल जजीराले उल्लेख गरे झैँ  खराब र बिग्रिएका सामानकाे प्रयाेगबाट जाेगिनुहाेस् र इन्टरपोलले भने झैँ नक्कली उत्पादनहरूबारे पनि सचेत रहनुहोस्। केही उत्तम र धेरैले रूचाएकाे ब्रान्डहरु यहाँ उपलब्ध छन्। 
  • काम गर्ने बेलामा अथवा संक्रमित क्षेत्र जस्तै उपचार केन्द्रहरूको भ्रमण गर्दै हुनुहुन्छ भने सुरक्षात्मक पञ्जा प्रयोग गर्नुहोस् । सम्झनुहोस्  कि नाइट्रिल ग्लोब्स, लेटेक्स ग्लाेब्सभन्दा बढी सुरक्षित हुन्छ। दुई जोडी पञ्जा लगाउँदा अझ धेरै सुरक्षित भइन्छ।  
  • यदि उच्च जोखिम हुने स्थान जस्तै संक्रमित उपचार सुविधा भएको ठाउँमा गएर समाचार संकलन गर्नुपरेमा अतिरिक्त मेडिकल पीपीई, अनुहार र शरिर पूरै ढाकिने मास्ककाे प्रयाेग अत्यावश्यक हुन्छ । 
  • यदि पूरा शरीर ढाकिने लुगा लगाउनु पर्ने अवस्थामा, पीपीई लगाउनु अगाडि नै रेस्ट रुमकाे प्रयाेग गर्नुहाेस् ।  
  • तपाईंले लिएकाे जिम्मेवारी कस्ताे छ त्यस अनुसार, कुनै बेला एकपटक प्रयोग गरेपछि फाल्न मिल्ने वा तपाईंकाे जुत्ता वा चप्पल बाहिर पानीले नभिज्ने खालकाे खाेल लगाउनु पर्ने हुन सक्छ। यस्ताे अवस्थामा संक्रमण भएकाे ठाउँबाट निस्कने बित्तिक्कै ती दुवै जुत्ता वा खाेललाई सफा गर्नु वा सुख्खा बनाउनु पर्छ। पानीले नभिजाउने खाेलकाे प्रयाेग गर्नुभएकाे छ भने त्यो स्थानबाट निस्किनु अघि सुरक्षित तरिकाले फाल्नु पर्छ।
  • पीपीई लगाउने र खाेल्ने बेलामा संक्रमणकाे जाेखिम बढी हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षाकालागि प्रयाेग गरिने सबै खाले सामग्री र मेडिकल पीपीई प्रशिक्षित व्यक्तिको सुपरिवेक्षणमा मात्रै लगाउन खाेल्न सिफारिस गरिएको छ। पीपीई लगाउने र खाेल्ने कसरी भनेर CDC ले तयार पारेकाे यो भिडियाे उपयाेगी हुनसक्छ। यद्यपि यो भिडियोलाई प्रशिक्षण/तालिमको लागि भने प्रयोग गरिनु हुँदैन।
  • पञ्जा, बडिसुइट, एप्रोन, जुत्ताका खाेल लगायतका सामाहरू कुनै पनि हालतमा पुन: प्रयोग नगर्नुहोस्। यदि कुनै सामान  पुन: प्रयोग गर्नुपरेमा त्यसलाई ठिकसँग किटाणुरहित वा स्यानिटाइज गर्न आवश्यक छ। प्रभावित ठाउँ छोड्नु भन्दा पहिले नै किटाणुयुक्त मेडिकल पीपीई उचित ढंगले सावधानीपूर्वक फ्याँक्नुपर्छ।   

अनुहारमा लगाउने मास्क

अल जजिराका अनुसार अहिले थुप्रै देशहरूमा सर्वसाधारणकाे लागि पनि अनुहार ढाक्न वा मास्क लगाउनु अनुराेध/अनिवार्य गरिएकाे छ । काेभिड १९ काे लक्षण नभएका सर्वसाधारणहरूले पनि मास्क लगाउनु वा अनुहार ढाक्न पर्ने नपर्ने विषयमा अहिलेसम्म कुनै सहमति बनिसकेकाे छैन। सीडिसीले भने मेडिकल मास्ककाे अभाव हुने भएकाले समुदायमा रहँदा नाक मुख छाेप्नकालागि कपडाकाे प्रयाेग वा मास्क लगाउन सिफारिस गरेकाे छ।यद्यपी विश्व स्वास्थ्य संगठनले भने स्थानीय अधिकारीहरूले त्यसाे गर्नु अनिवार्य नभनेसम्म, जाेखिमयुक्त ठाउँ जस्तै अस्पताल जानु पर्दा अथवा काेभिड १९ काे संक्रमण भएकाे हुन सक्ने बिरामीलाई हेरचाह गर्नुपर्ने अवस्था बाहेक अन्य बेलामा अनुहार मुख छाेप्नु नपर्ने जनाएकाे छ।

सही तरिकाले नलगाएकाे खण्डमा मास्क नै पनि संक्रमणकाे श्राेत बन्न सक्ने हुन सक्न। लान्सेटले गरेकाे एउटा पछिल्लाे अध्ययन अनुसार संक्रमणकाे सम्पर्कमा आएकाे सात दिन सम्म पनि सर्जिकल मास्कमा भाइरसकाे केही अंश बाँकी नै रहन्छ। याे अध्ययनलाई आधार मान्दा मास्क फुकाल्दा अथवा त्यसलाई पुनःप्रयाेग गर्दा अथवा मास्क लगाएका बेला अनुहार चलाउँदा यसले संक्रमणकाे जाेखिम निम्त्याउन सक्छ।

यदि तपाईं मास्क लगाउनु हुन्छ भने, तल उल्लेखित सुझावहरु पालना गर्नुपर्छ:

  • यदि आवश्यक परेमा,  मानक ‘सर्जिकल’ मास्कको सट्टा N९५ मास्क (अथवा FFP२ / FFP३) सिफारिस गरिएको छ।
  • मास्कले नाकको माथिल्लो र चिउड़ोको तल्लो भागमा प्वाल नहुने गरि राम्राेसँग ठिक्क मिलेकाे छ भन्नेमा ढुक्क हुनुहोस्। आवश्यक परे अनुहारमा भएका दाह्री वा राैं हटाइ मास्कलाई मुखमा टपक्क मिल्ने गरि प्रयाेग गर्नुहाेस्।
  • फेस मास्ककाे अनिवार्य प्रयाेग गर्नु आवश्यक छ। मास्कको अगाडिको भागलाई नछुनुहोस्, मास्क फुकाल्दा कानको डोरीमा समातेर मात्र खोल्ने र मास्कलाई एकपटक मिलाए पछि अति आवश्यक नभएसम्म नमिलाउनु होस्। यदि मास्क चलाउनु परे हात धुनुहोस् ।
  • मास्ककाे पुनःप्रयोग गर्दा उच्च जोखिम हुन्छ । प्रयोग गरिसकेको मास्कलाई सधैँ बन्द झोलामा तुरुन्त फाल्नुहोस्।
  • मास्क फुकाली सकेपछि सधैँ साबुन र तातो पानीले हात धुनुहोस् । हात धुन सम्भव छैन भने, अल्कोहलयुक्त (६०% इथानोल अथवा ७०% इसोप्रोपनोल) स्यानीटाइज़रले हात सफा गर्नुहोस्। तर सकेसम्म जति सक्दाे चाँडो साबुन र तातो पानीले हात धुनुहोस् ।
  • मास्क चिसो हुनासाथ नयाँ, सफा र सुख्खा मास्क फेर्नुहोस् ।
  • सम्झनुहोस्  कि मास्क लगाउनु भनेको व्यक्तिगत सुरक्षाको एउटा पाटो मात्र हो । यसका साथसाथै नियमित रुपमा तातो पानी र साबुनले हात धुने र आखाँ, मुख, नाक र कान लगायत अनुहारको भाग नछुन पनि जरुरी छ।
  • सचेत रहनुहोस् कि, ठाउँ अनुसार अनुहारमा लगाउने मास्कहरु कम आपूर्ति भएका हुन सक्छन् अथवा त्यसको मूल्य बढेको पनि हुन सक्छ।

डिजिटल  सुरक्षा

  • कोरोना भाइरसको महामारीमा पत्रकारहरुले बढ्दो मात्रामा अनलाईन वैमनस्यताको सामना गर्नु पर्ने हुनसक्छ, त्यसैले सावधान रहनुहोस् । यस्ता आक्रमणबाट आफूलाई बचाउन सीपीजेको उच्चतम अभ्यासहरु हेर्नुहोस् । 
  • सरकार र टेक कम्पनीहरूले कोभिड-१९ को फैलावटलाई ट्र्याक गर्न मानिसहरुको निगरानी बढाएका छन् । सिटीजन ल्याबका अनुसार यसमा एनएसओ ग्रुप पनि समावेश छ जसले पेगासस नामको स्पाइवेयर बनाएको थियो जसको प्रयोग पत्रकारहरू लक्षित थियो । नागरिक स्वतन्त्रता समूहहरू यस स्वास्थ्य  संकट सकिए पछि पनि यस्ता निगरानी प्रविधिको निशानामा मानिसहरू परिरहनेमा चिन्तित छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो वेबसाइटमा यी घटनाक्रमहरू ट्र्याक गर्दैछ। 
  • कोभिड १९ सँग सम्बन्धित जानकारी समावेश डकुमेन्ट र लिङ्कहरु क्लिक गर्नुअघि सोच्नुहोस् । अपराधीहरूले वर्तमान स्वास्थ्य सङ्कट र जनतामा फैलिएको त्रासको फाइदा उठाउँदै गरेका पनि हुन सक्छन् । इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनका अनुसार अत्यधुनिक फिशिङ् आक्रमणले व्यक्ति र संस्थालाई लक्षित गरी इलेकट्रोनिक यन्त्रहरूमा मालवेयर इन्स्टल गर्न सक्छन् । 
  • सामाजिक संजाल वा  मेसेजिङ एप्सहरुमा कोभिड-१९ सम्बन्धित लिंक क्लिक गर्दा सावधानी अपनाउनुहोस । जसमध्ये केहीले तपाईंको डिभाइसलाई हानि पुर्याउने मालवेयर भएका साइटहरुमा पुर्याउन सक्छ ।
  • रान्समवेयरको लागि लक्षित गरिएका हानिकारक एपहरुबाट सावधान रहनुहोस् । जस्तै कोभिड-१९ ट्य्राकर 
  • विश्वसनीय श्रोताबाट लिइएका कोभिड १९ सम्बन्धी ताजा जानकारीहरु देखाउने म्याप्सहरुमा समेत मालवेयर पाइएको छ । जसको प्रयोग पासवर्ड चोरी गर्नको लागि भएको हुन सक्छ । 
  • गार्जियन पत्रिकाले भनेजस्तो, राज्यपोषित गलत सूचनाहरु र अन्य खालका सामान्य गलत सूचनाहरुबाट सजग रहनुहोस् । यसबारे डब्लुएचओले पनि चेतावनी दिएको छ र बीबीसीले प्रकाशित पनि गरेको छ । डब्लुएचओको वेबसाइटमा गलत सूचनासम्बन्धी निर्देशिका उल्लेख छ । 
  • कोभिड – १९ बारे च्याट मार्फत फैलिने सूचनाहरुप्रति सचेत हुनुहोस् । तिनीहरु झुटो समाचार र हल्ला पनि हुन सक्छन् । 
  • याद राख्नुस् कि फेसबुकमा कोभिड – १९ सँग सम्बन्धित सामग्रीहरु मान्छेले नभई आर्टिफिसियल इन्टिलिजेन्सले मोडरेट गरिरहेका छन् । जसले गर्दा कहिलेकाहीँ कोभिड १९ सँग सम्बन्धित वैध सामग्री पनि त्रुटिवश  हट्न सक्छ ।
  • अनलाइन सेवाहरूले तपाईंको डाटाहरु लिएर के गरि रहेका छन् र ती डाटा कति सुरक्षित छन् भने बारे बुझ्न अनलाइन कन्फरेन्सिंग र गोपनीयता नीतिहरु पढ्नुहोस् । घरबाट काम गर्नेको सङ्ख्या बढे सँगै सेवाहरू ह्याकरहरू द्वारा लक्षित गरिएको हुनसक्छ। त्यसैले सचेत रहनुहोस् ।
  • अधिनायकवादी शासन प्रणाली भएका देशहरूको बारे रिपोर्टिङ गर्दा हुन सक्ने जोखिमलाई ध्यान दिनुहोस् । सिपिजेले उल्लेख गरेअनुसार कतिपय सरकारहरु महामारीको सूचनालाई लुकाउनको लागि मिडियालाई प्रतिबन्ध/सेन्सर गर्न खोज्छन् 

कामको बेला अपराध र शारीरिक सुरक्षा 

पत्रकार र सञ्चारकर्मीहरूले कामको बेला बढ्दो मात्रामा प्रेस विरोधी भावना र वैमनस्यताको सामना गर्नु पर्ने हुनसक्छ । त्यो लगायात मौखिक उत्पीडन र शारीरिक हमला समेत हुनसक्छ। जसरी भर्खरै अमेरिकाजर्मनीमा देखा परेका थिए ।

विश्वभरि आर्थिक अवस्था झन झन बिग्रदै गइरहेको बेला धेरै व्यक्तिले आफ्नो जागिर गुमाइरहेका छन्। जसले गर्दा आधा अरब भन्दा बढी मानिस गरीबीमा फस्न सक्छन्। अक्सफ्यामका अनुसार आपराधिक गतिविधि बढ्ने सम्भावना साँचाे हाे।

  • कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नु सक्नुहुन्छ भने (तल हेर्नुहोस्) सम्बन्धित ठाउँको तत्कालिन सुरक्षा अवस्थाबारे अनुसन्धान गर्नुहोस्। कोभिड-१९ सम्बन्धित लकडाउनका उपायहरूप्रति असन्तुष्टि र अशान्ति बढ्दै गइरहेको बेला अमेरिका, ब्राजिल, गुयना, युगान्डा, नाइजेरिया, ट्युनिसिया, चिली, इटली, सोमालिया, घाना, रूस, फ्रान्सनाइजर लगायतका देशहरुमा बढ्दो रुपमा हिंसात्मक घटना र बिरोध प्रदर्शनहरू भएका छन्।
  • धेरै शहरी क्षेत्रहरू अरु बेला देखिएको भन्दा शान्त छन् र प्रहरीको स्रोतहरु पनि धेरैतिर फैलिएको छ। अपराधीहरूले यस अवस्थाको फाइदा लिन सक्छन्। केही पत्रकारहरूले मौखिक उत्पीडन, आपराधिक रूपमा लक्षित भएकाे, साथै आफूमाथि हमला समेत भएकाे जानकारी दिएका छन्, त्यसैले आफ्नो सुरक्षामा खेलाँची नगर्नुहोस।
  • ग्रामीण क्षेत्रबाट रिपोर्टिंग गर्दै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोस्। बाहिरबाट आएको व्यक्ति कोरोना संदिग्ध हुनसक्छ र कोरोना आफूसँग ल्याएकाे हुन सक्छ भनेर ‘बाहिरी व्यक्तिहरू’ प्रति मान्छेहर शङ्कास्पद र क्रोधित हुनसक्छन् । 
  • काेभिड १९ राेकथामका लागि अपनाइएकाे लकडाउनका क्रममा प्रहरीले धरपकड गर्न सक्ने,  शारिरीक आक्रमण हुन सक्ने, प्रत्यक्ष गाेला बारूदअश्रु ग्यास वा रबर बुलेटकाे समेत प्रयाेग गर्न सक्ने भएकाले सावधान रहनुपर्छ।
  • कारागार वा बन्दीगृहबाट रिपोर्टिङ गर्दा कोभिड-१९ ले निम्त्याउन सक्ने बिरोध अथवा हुलदंगाको खतराप्रति सतर्क हुनुपर्दछ, जसरी भर्खरै सियरा लियोन, इटाली, नाइजेरिया,कोलम्बियाभारतमा यस्ता घटना भएका थिए।
  • आपराधिक गतिविधिको सम्भावित वृद्धिबारे सचेत रहनुहोस् । इराक, अमेरिका, आयरल्यान्ड, इन्डोनेसिया, इथियोपिया, प्यालेस्टाइन, सोमालील्याण्डइरान  जस्ता देशहरूले कोभिड-१९ महामारीको बेला जेलको जनसंख्या कम गर्न कैदीहरूलाई रिहा गर्न थालेका छन्।  
  • याद गर्नु्स् यस्ताे बेला आपूर्ति कम हुन सक्छ र लुटपाट अनि डकैतीका सम्भावना बढ्न सक्छन् ।  
  • सीपीजेले उलेख गरे अनुसार अधिनायकवादी शासन प्रणाली भएका देशमा काम गर्ने पत्रकारहरूले COVID-१ महामारीको बारेमा समाचार बनाउँदा हिरासत, गिरफ्तारी वा देश निकालाको खतरा समेत पनि सामना गर्नु पर्ने हुनसक्छ, त्यसैले सतर्क रहनुहोस् ।

अन्तराष्ट्रिय यात्रा

विश्वव्यापी रूपमै यात्रामा लगाइएको प्रतिबन्धका कारण यतिबेला अन्तराष्ट्रिय यात्रा कम हुनुका साथै अत्यन्त चुनाैतीपूर्ण भएको छ । यदि वैदेशिक रिपोर्टिङ गर्न सम्भव भएमा तपाईंले निम्न कुरामा ध्यान दिनुपर्छः

  • देशका विभिन्न भागहरूमा लकडाउनका सुरक्षा बारे मापदण्ड फरक हुन सक्छन्। बेलायत, टर्कीअमेरिकामा देखिए जस्तै यी उपायहरु छाेटाे समयभित्रै वा सूचना बिना नै पनि परिवर्तन हुनसक्छ त्यसैले साबधान रहनुहोस्।
  • तपाईंले काम गरिरहनु भएको क्षेत्रमा भएका सबै स्वास्थ्य सेवा सुविधाका बारे पहिचान गर्नुहोस्। ध्यान दिनुहोस् कि स्वास्थ्यकर्मीहरूले पनि छाेटाे समयभित्रै बिना सूचना पनि हडताल वा विरोध प्रदर्शन गर्न सक्छन्। जसरी भखरै  ब्राजिल, भारत, र पापुवा न्यू गुयना जस्ता देशहरूमा बिना सूचना नै प्रदर्शनहरू भएका थिए।
  • मेडिकल पीपीईको पहुँच सीमित अथवा हुँदै नहुने पनि हुन सक्छ ।
  • आफ्नो गन्तव्य देशका लागि आवश्यक पर्ने सबै प्रकारका खोप समयमै लगाइ ढुक्क हुनुहोस् । अन्य प्रकारको लक्षण देखा परेमा त्यसबाट पछि द्वुविदा उत्पन्न नहोस् भन्नका लागि रूघाज्वरोको खोप लगाउनु उत्तम हुनेछ ।
  • आफ्नो यात्रा विमा निती अद्यावधिक छ छैन जाँच गर्नुहोस् । कोभिड १९ का सम्बन्धमा रिपोर्टिङ गर्दा याे सेवा उपलब्ध नहुन सक्छ । धेरै देशका सरकारले अन्तर्राष्ट्रिय यात्राका सम्बन्धमा विभिन्न किसिमका सल्लाह र सतर्कताहरू जारी गरेका छन् ।
  • आफू सहभागी हुन लागेको कार्यक्रमको पछिल्लो अवस्थाबारे जानकारी लिइराख्नुहोस् । किनकी धेरै देशहरुले सार्वजनिक स्थानमा सामूहिक भेला गर्न र निश्चित संख्याभन्दा माथि भेला हुन बन्देज गरेका छन् ।
  • तपाईंले यात्रा गर्न लागेको देशमा कुनै प्रकारको यात्रा प्रतिबन्ध लगाइएको छ वा भविश्यमा लगाउने सम्भावना छ कि  बुझ्नुहोस्, जुन पछि परिवर्तन हुनसक्छ ।
  • आफू जान लागेको देशका मुख्य सहरी केन्द्रहरू निश्चित ठाउँ अथवा पूरै देश कुनै पनि अवस्थामा बन्दाबन्दीमा पर्न सक्ने र छोटो सूचनाको आधारमा नै क्वारेन्टिनमा जान सक्छ भन्ने कुरालाई ध्यानमा राखेर भैपरी आउन सक्ने जुनसुकै अवस्थालाई मध्यनजर गरेर आकस्मिक योजना बनाउनुहोस् ।
  • संसारका धेरै भूमि सिमानाहरू अहिले बन्द छन् । कुनै सिमाना खोलिएता पनि फेरि कुनै चेतावनी बिना नै बन्द हुन सक्छ भन्ने ख्याल गरेर आकस्मिक योजना बनाउनुहोस् ।
  • यदि विरामी हुनुहुन्छ भने यात्रा नगर्नुहोस् । धेरैजसो राष्ट्रिय,  अन्तराष्ट्रिय,  क्षेत्रीय एयरपोर्टहरूका साथै अन्य यातायात केन्द्रमा स्वास्थ्य परिक्षणको कडा मापदण्ड निर्धारण गरिएको छ । यात्रुले यस्तो चेकजाँचको सामना गर्नुपर्नेछ र आवश्यक परेको खण्डमा गन्तव्य देशभित्र पुग्ने बित्तिक्कै एकान्तबास वा क्वारेन्टिनमा बस्नुपर्ने हुनसक्छ ।
  • एयरलायन्सहरूले विभिन्न गन्तव्यहरूका उडान रद्द  गरेकाले विश्वव्यापी भ्रमणका विकल्प अझै पनि अत्यन्त सिमित भएका छन् ।
  • सबै पैसा फिर्ता लिन मिल्ने खालको हवाई टिकट मात्रै लिनु उपयुक्त हुन्छ। समाचारमा आए अनुसार अहिले कोभिड १९ का कारण धेरै एयरलाइन्सहरूले निकै नै आर्थिक नोक्सानी व्योहोरिरहेका छन् ।
  • आफूलाई चाहिने सामानहरू के के हुनसक्छन् भन्नेमा ध्यान दिनुहोस् । विश्वभरि नै आत्तिएर धेरै सामग्री खरिद गर्ने कार्य कम हुँदै गएको उदाहरणहरू देखिन्छ।तर पनि भविष्यमा मुखमा लगाउने मास्कको अभाव, ह्यान्ड स्यानिटाईजर, साबुन, डब्बाका खानेकुरा र  ट्वाइलेट पेपर जस्ता सामग्रीहरूको अभाव हुन सक्ने कुरालाई नजरअन्दाज गर्न सकिन्न। यसलाई ध्यानमा राख्नुपर्छ। कोभिड १९ कै कारण तपाईं जाने देशमा कामदारहरूको कमी अथवा हड्ताल हुन सक्ने र यसले अवस्था झनै नाजुक बनाउन सक्छ भन्नेमा सचेत रहनुहोस् ।
  • लकडाउन जारी नै हुँदा र गर्मीका कारण तापक्रम बढ्दै जाँदा पानी आपूर्ती न्यून भएका जोर्डन जस्ता देशहरूमा त्यसकाे माग र अभाव दुवै बढ्न सक्छ। त्यसैले सचेत हुनुहोस् ।  
  • तपाईँ जाने देशको पछिल्लो भिसा नीतिको अवस्था जाँच गरिरहनुहोस् । कतिपय देशहरूले भिसा जारी गर्न रोक्का गरेका छन् भने कतिपयले पहिल्यै जारी गरिएका भिसा समेत रद्द गरेका छन् ।
  • तपाईंको गन्तव्य मुलुकमा कोभिड १९ संक्रमित नभएको प्रमाणित गरिएको स्वास्थ्य प्रमाणपत्र आवश्यक पर्छ पर्दैन बुझ्नुहोस् । त्यसका  केही उदाहरण यहाँ उल्लेख छन् ।
  • विश्वभरका एयरपोर्टहरूमा अहिले स्वास्थ्य परीक्षण र तापक्रम जाँचका लागि थप समय चाहिने भएकाले आफ्नो समयतालिकालाई लचिलो र खुकुलो बनाउनुहोस् । यही प्रावधान रेलवे स्टेशन बन्दरगाह र बस स्टेशनहरूमा पनि लागू गरिएको हुन सक्छ ।
  • तपाईको आगमनस्थलमा केही परिवर्तन भएको छ कि बुझिराख्नुस्। किनकी केही देशहरूले विदेशी नागरिकहरूलाई कुनै निश्चित एयरपोर्ट र टर्मिनलहरूबाट मात्रै प्रवेश अनुमति दिने हुन सक्छन् ।
  • तपाईंले भ्रमण गरिरहनु भएको देशभित्रैका सहरहरूमा कुनै प्रकारको यात्रा प्रतिबन्ध लगाइएको छ छैन बुझ्न स्थानीय समाचार वा स्रोतको सहयोग लिनुहोस् ।

काम सकिएपछि

  • कुनै किसिमको लक्षण देखा पर्न सक्छन् कि भनेर आफ्नो स्वास्थ्यको नियमित निरीक्षण गर्नुहोस् ।
  • यदि तपाईं उच्च संक्रमण दर भएको स्थानबाट फर्किनु भएको छ भने केही समयको लागि आफू अलग्गै बस्नुहोस्। कृपया सम्बन्धित देशको सरकारी सल्लाह बमोजिम अघि बढ्नुहोला ।
  • कोभिड १९ को पछिल्लो अवस्था बारे बुझ्नुहोस्  र साथै तपाईं गएको र फर्की आएको देशमा अलग रहने कस्तो व्यवस्था मिलाइएको छ बुझेर सोही अनुरूप गर्नुहोस् ।  
  • तपाईं बस्ने देशमा भएको संक्रमण दरका आधारमा आफू फर्की आएको १४ दिनभित्र को कोसँग भेटघाट भयो तिनको नाम ठेगाना र नम्बर नोट गरिराख्नुस् । यदि तपाईलाई कुनै प्रकारकाे लक्षणहरू देखा परेमा यसले भविष्यमा ती व्यक्तिहरूसम्म पुग्न सजिलो हुन्छ ।

यदि तपाईंमा कुनै प्रकारको लक्षण देखा परेमा

  • यदि तपाईंमा थोरै मात्रै कोभिड १९ को लक्षण देखा पर्यो भने आफ्नो कार्यालयमा जानकारी दिनुहोला र उनीहरूसँग समन्वय गरी एयरपोर्टदेखि घरसम्म सुरक्षित यात्रा गर्नुहोला । जुनसुकै ट्याक्सीको प्रयाेग गर्नु उपयुक्त हुँदैन ।
  • आफू र आफ्नो समुदायको सुरक्षाको लागि  विश्व स्वास्थ्य संगठन, रोग नियन्त्रण तथा रोकथाम केन्द्र स्थानीय स्वास्थ्य अधिकारीहरूको सुझाव अनुसरण गर्नुहोला ।
  • आफूलाई लक्षण देखा परेको मितिले सात दिनसम्म आफ्नो घरबाट बाहिर ननिस्किनुहोला । आफू संक्रमित भएपनि यसले समुदायका अरूलाई संक्रमित हुनबाट जोगाउँछ ।
  • पहिल्यै योजना बनाउनुहोस् र अरुसँग सहयोग माग्नुहोस् । आफूलाई चाहिने खानेकुरा र अत्यवश्यक सामग्रीका लागि आफ्नो रोजगारदाता  साथीभाई र परिवारका सदस्यसँग सहयोग माग्नुहोस् र ती सामान घर बाहिर छोडिदिन भन्नुहोस् । 
  • आफ्ना घरका अरू सदस्यबाट कम्तीमा २ मिटरको दुरीमा रहने प्रयास गर्नुहोस्  ।
  • मिल्छ भने एक्लै सुत्नुहोस् । 
  • यदि अरूसँग सँगै बस्नुभएको छ भने १४ दिनसम्म सबैजना अलग्गै बस्नुपर्छ । यसकालागि आवश्यक सूचना यहाँ पाउन सकिन्छ । थप संक्रमणबाट जोगिन ट्वाइलेट बाथरूम र भान्छाको सरसामान प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।
  • साबुन र तातो पानीले कम्तीमा २० सेकेन्ड नियमित हात धुनुपर्छ 
  • बुढाबुढी र स्वास्थ्यसम्बन्धि जटिल समस्या भएकाहरूलाई छिट्टै संक्रमण हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरूबाट सकेसम्म टाढै रहनुहोस् 
  • सावधानी अपनाएर एक्लै बसेको बेलामा स्वास्थ्य अधिकारीहरूलाई जानकारी दिराख्नुपर्दैन । तर तपाईं अलग्गै बसेको बेलामा स्वास्थ्य खराब भएमा भने स्वास्थ्य अधिकारीहरूको सल्लाह माग्नुहोस् । 

सीपीजेको अनलाइन सुरक्षा निर्देशिका/सेफ्टी किट मार्फत पत्रकार र न्यूजरूमहरूले शारीरिक, प्राविधिक र मनोवैज्ञानिक रूपमा आफू कसरी सुरक्षित रहेर काम गर्न सकिन्छ भन्ने सूचना जानकारी दिनुका साथै अशान्तिचुनावका बेलामा काम गर्ने ताैरतरिकासम्बन्धी सामग्री पनि उपलब्ध गराउँछ ।