A picture taken on October 1, 2019, shows the logos of mobile apps Instagram, Snapchat, Twitter, Facebook, Google, and Messenger. (AFP/Denis Charlet)
अक्टोबर १, २०१९ मा खिचिएको तस्बिरले मोबाइल एप्स, इन्स्टाग्राम, स्न्यापच्याट, ट्विटर, फेसबुक, गुगल र म्यासेन्जरको लोगो देखाउँछ। (एएफ्पी/डेनिस चार्लेट)

डिजिटल सुरक्षाः नियोजित अनलाईन आक्रमणबाट जोगिन

अद्यावधिक गरिएको मे ९, २०२२

मिस्इन्फर्मेसन (भ्रामक समाचार), षड्यन्त्रको सिद्धान्त वा गलत समाचारसम्बन्धी कलम चलाउने पत्रकारहरु बारम्बार अनलाईन आक्रमणको जोखिममा पर्छन् । यी चीज सिर्जना गर्ने वा यस्ता विचारको समर्थन गर्ने र अति राजनीतिक झुकाव भएका व्यक्तिले पत्रकारलाई अनलाईन आक्रमणको  निशाना लगाउँछन् । यस्ता किसिमका सूचना अनलाइन फैलाउन समर्थन गर्ने मानिसले पत्रकारहरुलाई अनलाईनबाट हट्न बाध्य पार्ने उद्देश्यले संगठित आक्रमणको योजना बनाउन सक्छन् । यी विषयमा पत्रकारिता गर्ने मिडियाकर्मीले अनलाइन आक्रमणकारीको जोखिमबाट बच्नको लागि  आफ्नो अनलाईन प्रोफाइल व्यवस्थित गर्न र अकाउन्ट सुरक्षित राख्न निश्चित उपाय अवलम्बन गर्नुपर्दछ । 

तपाईको अनलाईन पदचिन्ह व्यवस्थित गर्नुहोस्ः 

संगठित अनलाईन आक्रमणकारीहरु तपाईलाई सिधा निशाना बनाउन एकजुट हुन सक्छन् । यस्ता समूहमा थुप्रै मानिस संलग्न भई तपाईको बारेमा जानकारी सोसल मिडिया (फेसबुक, ट्विटर, इन्स्टा आदि) र अनलाईनमा सार्वजनिक भएका डाटाबाट संकलन गर्छन् । उनीहरुले तपाईको व्यक्तिगत डाटा जस्तै तपाई बस्ने स्थानको प्रयोग गरी तपाई र तपाईको परिवारलाई धम्की दिन सक्छन् । आक्रमणकारीले तपाईको फोटो दुरुपयोग गरी तपाईलाई हैरानी दिने, बदनाम गर्ने र लज्जित तुल्याउने गर्न सक्छन् ।

  • तपाईको बारे अनलाईनमा उपलब्ध सूचनाको समीक्षा गर्नुहोस् र तपाईको बारे जानकारी भएका वेबसाइट कुन कुन हुन टिपोट गर्नुहोस् ।
  • तपाईको बारेमा सार्वजनिक स्पेसमा उपलब्ध सूचना जस्तै तपाईको ठेगाता वा तपाईका छोराछोरीको फोटो प्रति तपाईलाई चित्त बुझेको छैन वा त्यसले तपाईको सुरक्षामा खतरा पु¥याउँछ भनें यो लिङ्क (Take steps to remove any information)मा गई ती जानकारी हटाउने उपाय अबलम्बन गर्नुहोस् ।
  • अनलाईनमा तपाईका कुन कुन तस्वीरहरु छन् ख्याल राख्नुहोस र ती तस्वीरहरु तपाई विरुद्ध कसरी प्रयोग हुन सक्छन् त्यो पनि विचार गर्नुहोस् ।
  • अमेरिका बस्ने पत्रकारले डाटा हटाउने साइटमा साइन अप गर्नुपर्छ जसले गर्दा सार्वजनिक डाटाबेसबाट उनीहरुले आफ्नो ठेगाना र व्यक्तिगत जानकारी हटाउन सक्छन् । गुगलले आफ्ना प्रयोगकर्तालाई उनीहरुको व्यक्तिगत विवरण जस्तै ठेगाना आफनो सर्च इन्जिनबाट हटाउन अनुरोध गर्ने सुविधा दिएको छ । गुगल सर्च इन्जिनबाट तपाईको डाटा हटाइ सकेपछि अन्य सर्च इन्जिनमा पनि नदेखिने बनाइदिन्छ ।
  • तपाईको सोसल मिडिया अकाउन्टको गोपनियतासम्बन्धी सेटिङ्मा गई अरुले तपाईका के के सूचना देख्न सक्ने रहेछन् अवलोकन गर्नुहोस् । तपाईलाई बदनाम गर्ने वा खतरामा पार्ने खालका विवरणहरु हटाउनुहोस् वा ती विवरणमा पहुँच सीमित गर्नुहोस् ।
  • तपाईको जुनसुकै सोसल मिडिया अकाउन्टबाट तपाईको ठाउँ पत्ता लगाउने (ट्रयाक गर्ने) कुरालाई निश्प्रभाबी बनाउनुहोस् ।
  • सोसल मिडियाका पुराना पोष्ट मेटाउनुहोस वा पुराना ट्विट मेटाउने सेवा प्रयोग गर्नुहोस् । तपाईलाई बदनाम गर्नेहरुले ती पुराना पोष्टलाई फेरि सोसल मिडियामा देखाइदिन्छन् ।
  • तपाईको नाम र नामको हिल्जे बिग्रिएर बन्ने/दोहोरिने शब्दको लागि गुगल एलर्ट सेट अप गर्नुहोस् । यसले कतै अनलाईनमा तपाईको नाम उल्लेख भए एलर्ट पठाउँछ । 
  • आफ्नो अनलाइन विवरण नियमितरुपमा समीक्षा गर्न क्यालेण्डरमा रिमाइन्डर राख्नुहोस् । जस्तै, उदाहरणको लागि हरेक तीन महिना ।
  • याद गर्नुहोस्, कुनै पनि सूचनाको एक प्रति अनलाईनमा छ भने त्यो कुरा तपाईले मेटाए पनि इन्टरनेटमा कुनै न कुनै रुपमा बसिरहन्छ । जस्तै, इन्टरनेट आर्काइभ सेवामा । 

तपाईका अकाउन्टहरु सुरक्षित गर्नुहोस् 

अनलाईन आक्रमणकारीले पनि तपाईका अकाउन्टहरुमा पहुँच पु¥याउँन सक्छन् । तपाईको व्यक्तिगत सूचना लिन, तपाईको अकाउन्टबाट तपाईलाई बाहिर निकाल्न (लक आउट गर्न), र उनीहरुले तपाईलाई मानमर्दन गर्न तपाईको अकाउन्टका विवरण प्रकाशन गर्छन् । त्यसैले पत्रकारले आफ्नो अकाउन्टलाई सुरक्षित राख्नको लागि विभिन्न चरणका उपाय अबलम्बन गर्नुपर्छ । आक्रमण हुनु अगावै यी उपायहरु अबलम्बन गर्नुपर्छ ।

  • तपाईका सबै अकाउन्ट जस्तै इमेल, सामाजिक मिडिया र तपाईका आर्थिक डाटा भएका अकाउन्टमा दुई–चरणको प्रमाणीकरण (टुएफए) अन गर्नुहोस् । सम्भव भएसम्म एस्एम्एस्भन्दा गुगल अथेन्टिकेटर एप्स (Google Authenticator App) प्रयोग गर्नु सुरक्षित हुन्छ ।
  • तपाईका सबै अनलाईन अकाउन्टहरुका लागि १६ भन्दा बढी क्यारेक्टर भएको लामो र असाधारण पासवर्ड बनाउन पासवर्ड म्यानेजरको प्रयोग गर्नुहोस् ।
  • तपाईको अकाउन्ट अनुगमन गर्नुहोस् र अनलाईन सेवा प्रदायकबाट कुनै अवाञ्छित गतिविधिसम्बन्धी  आउने एलर्ट चेक गर्नुहोस् ।
  • अनलाईनमा उपलब्ध तपाईका सूचना छुट्याउनुहोस् । सोसल मिडिया तपाईको कार्यसम्बन्धित बनाउनुहोस् वा व्यक्तिगत प्रयोगका लागि । जस्तै उदाहरणको लागि, तपाईको फेसबुक अकाउन्ट सूचनाको श्रोतका लागि र आफ्नो परिवार दुवैका लागि प्रयोग नगर्नुहोस् । एउटा पक्षका लागि मात्र फेसबुक प्रयोग गर्दा, तपाईको अकाउन्टमा आक्रमण हुँदा तपाईको जीवनको एकपक्षलाई मात्र हानी हुन्छ ।
  • कुनै आक्रमणको बेला तपाईका केही वा सबै सोसल मिडिया अकाउन्ट प्राइभेट मोडमा राख्नुहोस् । 

आफ्नो कुरा अरुलाई सुनाउनुहोस्ः

यदि तपाईको समाचार (बिट) का कारण तपाई अनियन्त्रित भीडबाट दुर्व्यवहारमा पर्नुभयो भनें र तपाई आफू निशानामा परिन्छ भनेर चिन्तित हुनुभयो भनें आफू दुर्व्यवहारमा पर्न सक्ने कुरा अरुलाई पनि सुनाउनुहोस । यसले तपाईलाई हुनसक्ने आक्रमणको सामना गर्न तयारी हालत बस्न सहयोग पु¥याउँछ । यी उपाय अवलम्बन गर्नेबारे सोच विचार गर्नुहोस्ः 

  • सहयोगी सहकर्मी, साथीहरु, र परिवारका सदस्यहरुको एउटा सञ्जाल तयार गर्नुहोस्, जसले तपाईको अकाउन्टहरुको अनुगमन गर्न सक्छन् र तपाई अनलाईन दुर्व्यवहारमा परेर एक्लिएका बेला सहयोग गर्नेछन् । 
  • अनलाईन दुर्व्यवहारका बारेमा तपाईको परिवार र साथीहरुलाई सुनाउनुहोस् । अनलाईन आक्रमणकारीले प्राय तपाईको परिवारका सदस्यलाई निशाना बनाउँछन्, त्यसैले आफ्नो परिवारका सदस्यहरुले पनि उनीहरुले सोसल मिडिया अकाउन्टमा बाहिरी मानिसको पहँुच कम गर्ने कुरा सिक्नु पर्छ । 
  • तपाईको मिडियामा अनलाईन दुर्व्यवहार नीति छ छैन सोधखोज गर्नुहोस् । कामका दौरान तपाईको सम्पादक र तपाईको टिमबाट कसरी सहयोग लिन सकिन्छ विचार पु¥याउनुहोस् । 

पीडकसँग कसरी व्यवहार गर्ने ?

तपाईलाई दुर्व्यवहार गर्ने पीडकलाई प्रतिक्रिया जनाउँदा नराम्रो अवस्था सिर्जना हुन सक्छ । निशानामा राखेर भएका धेरै जसो अनलाईन आक्रमणमा आक्रमणकारीले पत्रकारहरु कमेन्ट, प्रत्यक्ष म्यासेज र इमेलले हैरान हुन्छन र कामका लागि चलाउने सोसल मिडिया अकाउन्ट प्रयोग गर्न छोड्छन् । धेरै अनलाईन दुव्र्यवहारी/पीडकसँग सामना गर्नका लागि निम्न उपायहरु उपयोगी हुन सक्छन्ः 

  • याद राख्नुहोस्, अनलाईन दुव्र्यवहारीले तपाईको विरोध गर्न खोजि रहेका हुन्छन् र तपाईले उनीहरुलाई प्रतिउत्तर गर्नुभयो भनें उनीहरुले झन् धेरै अनलाईन दुर्व्यवहार गर्न सक्छन् । 

यदि तपाई विरुद्ध नियोजितरुपमा बेइज्जती अभियान चाल्न निशाना बनाइदैछ भनें यो अवस्थाबारे छोटो जानकारी सोसल मिडियाको माथि नै देखिने गरी (पिन गरी) लेख्न सक्नुहुन्छ । यस्तो अवस्थामा मिडियाहरुले पनि तपाई विरुद्ध हुने नियोजित अभियानको प्रतिवादमा सहयोग मिल्ने गरी विज्ञप्ती जारी गर्न सक्छन् ।

  • यो पनि बुझ्नुहोस् कि तपाईलाई आक्रमण गर्ने सबै अकाउन्ट साँच्चै मानिस होइनन् । केही स्वचालित अकाउन्ट हुन्छन् भनें केही चाहिं कसैले ज्यालामा राखेका दुव्र्यवहारी हुन्छन् ।
  • दुर्व्यवहारको अभिलेख गर्ने पद्धति निर्माण गर्नुहोस्, विशेषगरी तपाईलाई धक्कीपूर्ण लाग्ने दुर्व्यवहार जसले तपाईमाथि भौतिक आक्रमण निम्त्याउन सक्छन् । तपाईलाई लगातार ट्रोलमा राख्ने अकाउन्टहरुको पनि अभिलेख राख्नुहोस् । तपाईको भलाईमा आँच पु¥याउने खालका धम्की आए भनें तपाईले आफ्नो सहायताका लागि सूची बनाउनुपर्छ ।
  • नराम्रा आपत्तिजनक म्यासेज वा तस्वीरजस्ता दुर्व्यवहार, त्यसको मिति, समय र दुव्र्यवहारीको नाम वा ह्यान्डलको  स्क्रिनसट लिनुहोस् । दुर्व्यवहारको समयरेखा तयार गर्नुहोस् जसले गर्दा तपाईलाई यो बारेमा तपाईको मिडिया वा सम्बन्धित निकायलाई सुनाउन उपयोगी हुन्छ ।
  • तपाईलाई दुर्व्यवहार गर्ने अकाउन्टलाई ब्लक वा म्युट गर्नुहोस् । यदि तपाईले सोसल मिडिया कम्पनीलाई रिपोर्ट गर्नुभयो भनें, तपाईले उजुरी गरेको गते र सययको अभिलेख राख्नुहोस् ।
  • तपाईको ट्विटमा कसैले रिप्लाई गर्न नमिल्ने व्यवस्था गर्नुहोस् । तपाईले फलो गरेका व्यक्तिले मात्रै तपाईको ट्विटमा रिप्लाई गर्न सक्छन् । 
  • आक्रमणको कुरा मत्थर भए पछि यस पछाडि कसको भूमिका र नियत रहेछ तपाईले निक्र्यौल गर्न सक्नुहुन्छ ।

तपाईको अनलाईन प्रोफाइल कसरी सुरक्षित बनाउने भनी जान्नका लागि थप जानकारी सिपिजे (ऋएव्) को सुरक्षा नोटमा इन्टरनेटबाट तपाईका डाटा हटाउने (removing your personal data from the internet) र अनलाईन दुर्व्यवहार विरुद्ध संरक्षण (protecting against online harassment.) को परामर्श लिनुहोस् । आफ्नो भलाईको सहायोगका लागि, हाम्रो निर्देशिका (online harassment and how to protect your mental health ) पढ्नुहोस् । अनलाईनमा हुने दुर्व्यवहारबाट अझ राम्ररी बच्नका लागि, हाम्रो निर्देशिका (guide) अध्ययन गर्नुहोस् जहाँ अन्य संस्था र श्रोतहरुले पनि सहयोग प्रदान गर्ने उल्लेख छ ।

सिपिजे अनलाईन दुर्व्यवहार विरुद्धको गठबन्धन (Coalition Against Online Violence)को एक सदस्य हो । यो गठबन्धन महिला विरुद्ध हुने दुर्व्यवहार, उत्पीडन र अन्य स्वरुपका डिजिटल आक्रमणको समाधानका लागि काम गर्ने संसारभरका विभिन्न संस्थाहरुको समूह हो । 

सम्पादकको टिप्पणीः यो सल्लाह सामाग्री शुरुमा मे २१, २०२० मा प्रकाशन गरिएको हो । यो बेलबेलामा संशोधन हुन्छ । माथि शिरानमा उल्लेख गरिएको प्रकाशित मिति नै पछिल्लो संशोधन हो ।