डिजिटल सुरक्षाः इन्टरनेटबाट व्यक्तिगत डाटा हटाउनुहोस्

Artwork: Jack Forbes

कलाकृति: ज्याक फोर्ब्स

अद्यावधिक गरिएको– मे ९, २०२२ 

इन्टरनेटको यस युगमा आफ्नो कामको प्रतिशोधमा पत्रकारहरुले लामो समयदेखि जोखिम भोगिरहेका छन् । आक्रमणकारीले सोसल मिडिया र व्यक्तिगत वेबसाइटमा प्रकाशित सूचनाको आडमा पत्रकारहरुको डाटा ह्याक गर्ने, दुर्व्यवहार गर्ने, लज्जित बनाउने, वा बेइज्जत गर्ने गर्छन् । 

अनलाईन दुर्व्यवहार अत्याधुनिक हुदै गइरहेको छ । पत्रकारको कामको बदनाम गर्ने उद्देश्यले पत्रकार र उनीहरुको मिडियाबिरुद्ध संगठितरुपमा बेइज्जती अभियान चलाइन्छन् । यस्ता आक्रमण राज्य प्रायोजित व्यक्तिहरु (state-sponsored actors) लगायत  चुस्त संगठित अनलाईन समूह (well-organized online groups) ले सञ्चालन गर्छन् ।

आक्रमणकारीले सूचना चोरेर पत्रकारलाई मुर्ख बनाउँछन्, सहमति बिना दुरुपयोग गर्छन वा पत्रकार र संभवत उनीहरुका सहकर्मी वा परिवारका सदस्यहरुका व्यक्तिगत सूचना इन्टरनेटमा प्रकाशित गरेर सार्वजनिक गर्छन् जसलाई डोक्सिङ् भनिन्छ । ती आक्रमणकारीले पत्रकार र उनीहरुका नजिकका मानिसबारे निकै खोजमेल गरी घरको ठेगाना र व्यक्तिगत जानकारी छताछुल्ल बनाइदिन्छन् । त्यसैले आफ्नो बारेमा सार्वजनिक स्पेसमा कस्ता जानकारी छन् भन्ने कुरामा पत्रकार अत्यन्त सचेत हुनुपर्छ । ती जानकारीबाट अन्य के कुरा थाहा हुन्छ विचार पुर्याउनुपर्छ, र जहाँ सम्भव छ त्यही त्यस्ता जानकारी इन्टरनेटबाट हटाउनुपर्छ ।

सचेत हुनुहोस्, इन्टरनेटबाट पूर्णरुपमा डाटा हटाउन धेरै कठिन छ । इन्टरनेट अर्काइभ मेसिनमा सूचना/डाटा भण्डारण गरिएको हुन्छ वा स्क्रिनसट लिइएको र अरुसँग सेयर गरिएको हुनसक्छ । तपाईको व्यक्तिगत सूचना अनुरोध गरेअनुसार कुनै साइटले हटाउने कि नहटाउने भन्ने कुरा त्यो सूचना तपाईको नियन्त्रणमा रहेको अकाउन्टमा छ वा अन्य तेश्रो पार्टीसँग छ भन्नेमा भर पर्छ ।

सूचना खोजी गर्ने इन्जिन (सर्च इन्जिन) को अल्गोरिद्म परिवर्तन हुन समय लाग्छ, त्यसैले तपाईले हटाउन गरेको अनुरोधको सुनुवाइ भए पनि एक पटक इन्टरनेटमा गएको सूचना धेरै दिनसम्म रहन सक्छ ।

तपाईको व्यक्तिगत सूचनाको सुरक्षा गर्नका लागि शुरुवाती प्रयासः

अनलाईन दुर्व्यवहार विरुद्ध आफू बच्नको लागि निरोधक उपायहरु अवलम्बन गर्नु महत्वपूर्ण हुन्छ । आक्रमण हुनु अगाडि तपाईले आफ्नो डाटाको संरक्षण गर्न जति धेरै उपाय अपनाउनु हुन्छ, त्यति धेरै तपाईको सूचना सुरक्षित रहन सक्छ । अझ राम्रो त, यदि तपाईलाई कसैले अनलाईनमा हेरे भनें तिनीहरुले तपाईका व्यवशायिक सूचना मात्र देख्न सक्छन् ।

तपाई वा तपाईको परिवारको नियन्त्रण रहेका अकाउन्ट र वेबसाइटबाट सूचना हटाउनका लागिः

अन्त कतै भएको सूचना हटाउनको लागिः

तपाईको अनलाईन विवरण सुरक्षित राख्नको लागि थप जानकारीका लागि सिपिजे (CPJ) को सुरक्षा नोट, अनलाईन दुर्व्यवहारबाट बच्नका लागि (protecting against online harassment ) र नियोजित अनलाईन आक्रमणबाट बच्न (protecting against targeted online attacks.) हेर्नुहोस् । आफ्नो सुस्वास्थ्य र खुसीका लागि सहयोगी सामग्री हाम्रो निर्देशिका, अनलाईन दुर्व्यवहार र मानसिक स्वस्थ्यको संरक्षण, (online harassment and how to protect your mental health) पढ्नुहोस् । अनलाईन दुर्व्यवहारबाट अझ राम्ररी बच्नको लागि थप जानकारी लिन हाम्रो निर्देशिका (guide ) हेर्नुहोस् र यसका लागि सहयोग गर्ने अरु संस्था र श्रोतहरु पनि फेला पार्नुहोस् ।

सिपिजे अनलाईन दुर्व्यवहार विरुद्धको गठबन्धन (Coalition Against Online Violence) को एक सदस्य हो । यो गठबन्धन महिला बिरुद्ध हुने दुर्व्यवहार, उत्पीडन र अन्य स्वरुपका डिजिटल आक्रमणको समाधानका लागि काम गर्ने संसार भरका विभिन्न संस्थाहरुको समूह हो ।

सम्पादकको टिप्पणीः यो सल्लाह सबैभन्दा पहिले सेप्टेम्बर ४, २०१९ मा प्रकाशित गरिएको थियो । व्यक्तिगत सूचनाको मूल्याङ्कनसम्बन्धी जानकारी माथि शीर्ष स्थानमा उल्लिखित प्रकाशन गरिएको मितिमा अद्यावधिक गरिएको थियो । 

Exit mobile version